उर्लाबारी । चर्चित फुटबल खेलाडी सुजल श्रेष्ठ र रञ्जिन धिमाल आज राती अष्टे«लिया उड्दै छन् ।
फुटबल खेलेरै जीविकोपार्जन सम्भव नदेखिएपछि खेलाडी पलायन बढ्दो रहेको हो । यसैक्रममा मचिन्द्र क्लबबाट फुटबल खेल्दै आएका खेलाडीद्धय श्रेष्ठ र धिमाल अष्ट्रेलिया पलायनकै बाटो रोजे । मचिन्द्र क्लबका क्याप्टेनसमेत रहेका श्रेष्ठ राष्ट्रिय टिमबाट लामो समय खेलिसकेका छन् । धिमाल पनि राष्ट्रिय टिमबाट आफ्नो खेल कौशलता देखिएका छन् । एकपछि अर्को खेलाडी पलायन हुने क्रम बढेको छ ।
नेपालमा खेलेर परिवार पाल्न नसकिने अवस्था सृजना नभएपछि खेलाडी पलायन हुने क्रम बढेको छ । पछिल्लो वर्षमात्र ३० भन्दा धेरै फुटबलर पलायन भए । अहिलेपनि प्रत्येक साता जसो खेलाडीहरू पलायन भइरहेको तथ्यांक छ । खेलाडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिँदै गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि मात्रै फुटबलको नियामक निकाय एन्फाले थाहा पाउने गरेको छ । लगातार खेलाडी बाहिरिँदै गर्दा एन्फा भने मौन बसेर फुटबलमा भविष्य खोजिरहेकाहरूको मजाक उडाएको छ ।
नियमित प्रतियोगिता नहुँदा र क्लबहरू व्यावसायिक नबन्दाको असर खेलाडीको आम्दानीमा परेको छ । फुटबल खेलेर परिवार पाल्नै मुस्किल भएपछि खेलाडीले पलायनको विकल्प नदेखेका हुन् । यति हुँदा पनि एन्फाले पटक्कै चासो देखाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय