खड्ग बेदना
माेरङकाे रतुवामाई नगरपालिकाकाे हुलाकी राजमार्ग हुदै उर्लाबारी जाेड्ने गिरिजाप्रसाद काेईराला मार्ग ( जीपि मार्ग ) सडक बन्ने भएपछि रतुवामाई नपाका स्थानियबासीहरूमा खुशियाली छाएकाे छ । आईतबार श्रीपञ्चमी अर्थात सरस्वती पुजाकाे अवसर पारेर जिपि मार्ग सडककाे निर्माण कार्य शुरू गरेपछि स्थानियबासीहरूमा खुशीयाली छाएकाे हाे । साे सडक निर्माणकाे रतुवामाई नगरपालिकाका मेयर रविन राईले बिधिवत् रूपमा पुजा गरि शिलान्यास गर्नुभयाे । शिलान्यास कार्यऋममा स्थानिय जनप्रतिनिधिहरू र स्थानियबासीहरूकाे सहभागिता रहेकाे थियाे ।
४ वर्ष अघिनै निर्माण कार्य सुरु हुने भएर शिलान्यास भएतापनि बिभिन्न कारणले निर्माण हुन नसकेको सडक यसपटक संघीय सांसद डा.मिनेन्द्र रिजालको विशेष पहलमा बजेट बिनियोजन भई १५ मि. चौडाई र दुवै तर्फ ड्रेन रिटेनिंग वाल सहितको सडक निर्माण हुने छ ।
लरिकट्टा देखि गोविन्दपुर काे फलामे पुल सम्म काे सडक बन्ने छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन, विराटनगर ले सडकमा निर्माणकार्य का लागि कुल २ करोडौं ५७ लाख १५ हजार ८ सय ७६ रुपैयाँ ६२ पैसा मा ठेक्का दिएको छ । साे ठेक्का शिव शक्ति – वीर जेभी, मोरङ ले पाएकाे हाे । सडक निर्माणकार्य गर्नका लागि २०७८ माघ १६ गते ठेक्का पाएकाे शिव शक्ति ले उक्त सडक खण्ड ५ महिना भित्र अर्थात २०७ ९ असार ३० गतेसम्म मा निर्माणकार्य सम्पन्न गरि सक्नुपर्ने सम्झौता गरिएको छ । सडकमा बस्ति भएको ठाउँकाे दायाँबायाँ तर्फ मा नाला तथा क्रस ड्रेनेज र रिटेनिङ स्ट्रक्चर सहित हुनुपर्ने र सडक ५० फिट चाैडाई र २१ सय मिटर लम्बाई हुने बताइएकाे छ । आईतबार साे सडकमा ग्रावेल सम्मकाे काम गर्ने काे लागि ठेक्केदार लाई जिम्मेवारी दिएको मेयर रबिन राई ले बताए । सडक काे निर्माणकार्य समय अबधि भन्दा १ महिना अगाडि सम्पन्न गरि सक्ने शिव शक्ति – वीर जेभी, मोरङ प्रमुख लेे भने आफुहरुले माेरङ काे विभिन्न स्थान हरुमा सडक बनाउने देखि ग्रावेल सम्म काे काम गर्दे आईरहेकाे र सबै स्थानमा समय अबधि भन्दा अगाडि नै निर्माणकार्य सम्पन्न हुने निर्मल भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय