उर्लाबारी । नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आफुखुसी उम्मेद्वारी घोषणा नगर्न चेतावनी दिनुभएको छ ।
एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोलाले पार्टी पद्धति अनुसार उम्मेद्वारी चयन हुने बताउनुहुँदै आफुखुसी सामाजिक सञ्जाल र मिडियामा उम्मेद्वारी घोषणा नगर्न चेतावनी दिनुभएको हो । सरकारले स्थानीय तहको निर्वाचन मिती घोषणा गरेसँगै सामाजिक सञ्जाल र आफु निकट मिडियामा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएपछि एमाले उर्लाबारीले पक्रिया पुर्याएर उम्मेद्वारी चयन हुने भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको छ । आगामी स्थानीय तहको निर्वाचन परिचालनका विषयमा एमाले उर्लाबारीको बैठक चाँडै बस्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय