उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा रहेको ईलाका प्रशासन कार्यालयको भवन पूरानो मंगलबारेमा बन्ने भएको छ ।
चौक क्षेत्रमा साँगुरो ठाउँमा रहेर सेवा दिँदै आएको प्रशासन कार्यालयको नयाँ सुविधा सम्पन्न संरचना उर्लाबारी–२ को पूरानो मंगलबारे बजारमा बन्ने भएको हो । नयाँ संरचना निर्माणका लागि उर्लाबारी नगरपालिकाको पहलमा सरकारले ९ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो ।
मोरङका ६ वटा स्थानीय तहका नागरिकहरुलाई सेवा दिँदै आएको कार्यालय अब्यवस्थित पार्किङ, जग्गा अभाब र राजमार्गसँगै जोडिएको साँगुरो ठाउँबाट संचालन हुँदा सो क्षेत्रमा बढी भिडभाड हुने र दुर्घटनाको जोखिम उच्च थियो । भवन निर्माण र संचालनका लागि नगरपालिकाको सहयोगमा ६ कठ्ठा जामिन यस अघि नै छुट्याइ सकेको भएतापनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा निर्माण कार्य अगाडी बढ्न सकेको थिएन । तर, हालै बजेटको सुनिश्चितता भएका कारण छिट्टै नै सो स्थानमा भवन निर्माण कार्य थालनी गरिने २ नम्वर वडा वडाध्यक्ष राजन कुमार कडेलले बताउनुभयो । अध्यक्ष कडेलका अनुसार विगत लामो समय देखि प्रयोग विहीन बनेकोे सो क्षेत्रमा प्रशासन कार्यालय निर्माण हुने भएपछि जमिनको उपयोग हुनुका साथै मंगलबारे बजार क्षेत्र पनि बिस्तार हुने र उर्लाबारीको बिकास र समृद्धिमा टेवा पुग्ने छ । जनतालाई छिटो छरितो सेवा प्रदान गर्न र समग्र उर्लाबारीको बिकास र समृद्धिलाई टेवा र्पुयाउने सेवा क्षेत्रको स्थानान्तरणमा नगरपालिकाले चालेको कदम तारिफ योग्य रहेको स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय