उर्लाबारी । मोरङको उर्लाबारीमा वामपन्थी विचार समूह गठन भएको छ ।
नेकपा माओवादी केन्द्र उर्लाबारीको नेतृत्वका विषय असन्तुष्टी राख्दै आएको समूहले सो समूह गठन गरेको बुझिएको छ ।
नयाँ नेतृत्व चयनदेखि नै निर्वतमान नगरअध्यक्ष तोर्ण श्रेष्ठ, मोहन खनाललगायत असन्तुष्ट रहनु भएको थियो । उहाँहरु माओवादीबाटै अलग हुने गरी सो समूह गठन गरेको जानकार स्रोत बताउँछ । समूहको नेतृत्व श्रेष्ठले गर्नुभएको छ भने सचिब खनाल रहनु भएको छ । ११ जनाको समूह रहेको बताइएको छ । माओवादीको समान्तर कमिटी भनिएपनि छुट्टै यो वामपन्थी विचार समूह बनाइएको छ । केही असन्तुष्ट एमाले प्रवेश गरिसकेका छन् । नगर सचिबको दाबेदार राजन दाहाल एमाले प्रवेश गरेर सो पार्टीको सचिवालय सदस्य भइसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय