उर्लाबारी । नेकपा माओवादी केन्द्रका युवा नेता तथा मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता पठाउनु पर्ने धारणा राख्नुभएको छ ।
सांसद लिम्बूले सामाजिक सञ्जालमा नाकाबन्दी सहन तयार भएपनि एमसीसी लागु गर्न नसकिने धारणा राख्नुभएको हो ।
अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको अहितमा रहेको उहाँले दाबी गर्नुभयो । उहाँले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने देखिएको बताउनुभयो ।























