उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीको समानान्तर कमिटी गठन भएको अनलाइनहरुमा समाचार प्रकाशन भएपछि नगर कमिटी पूर्वअध्यक्ष तोर्ण श्रेष्ठले आपत्ति जनाउनुभएको छ ।
माओवादी नेता श्रेष्ठले समानान्तर कमिटी गठन नभएको र भ्रमको पछि नलाग्न सबै कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । आफ्नो नेतृत्वमा समानान्तर कमिटी गठन भएके गलत प्रचार भएको भन्दै उहाँले दुख ब्यक्त गर्नुभएको छ । स्थानीय तहको निर्वाचन सरकारले बैशाख ३० घोषणा गरिसकेकाले पार्टीभित्र मतभेद त्यागेर सबै नेता कार्यकर्ता एकजुट भएर अघि बढ्न आवश्यक रहेको कार्यकर्ताहरु बताउन थालेका छन् ।























