उर्लाबारी । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै चुनाबी सरगर्मी तात्न थालेको छ । मुख्य दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र मात्र नभई नेकपा एकीकृत समाजवादीलगायत सबै दल चुनाबी अभियानमा होमिन थालेका छन् । यसैक्रममा मोरङको उर्लाबारीको मेयरको उम्मेद्वारमा नेकपा एकीकृत समाजवादीबाट मानबहादुर श्रेष्ठको नाम निकै चर्चामा छ । नेकपा एमाले फुटेपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय श्रेष्ठ उर्लाबारीका प्रभावशाली नेता मानिनुहुन्छ । २०७४ सालमा एमालेमा हुँदा पनि उहाँको मेयरमा चर्चा भएपनि टिकट भने पाउनुभएन । सो बेला भूपाल सिं जिमी मेयरको उम्मेद्वार एमालेबाट बन्नुभएको थियो । तर, जिमी पराजित बन्नुभयो । विकासप्रेमी नेताका रुपमा छबी बनाउनु भएका श्रेष्ठ आगामी बैशाख ३० गते हुने निर्वाचनमा मेयरको उम्मेद्वार बनेको खण्डमा ‘वजनदार’ उम्मेद्वारको सूचिमा पर्नुहुन्छ । संघीय सरकारमा आबद्ध दलहरु नै उर्लाबारीमा गठबन्धन नभएपनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनाबी तालमेल रहन सक्ने सम्भावना छ । सो हुँदा पनि मेयरको उम्मेद्वार श्रेष्ठ नै बन्नुहुन्छ । श्रेष्ठ जनतामा राम्रै पकड बनाउनु भएका नेता भएकाले यस पटक उहाँको राम्रै मत आउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय