उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले २७ औं जनयुद्ध दिवसको अवसरमा दिपप्रज्वलन कार्यक्रम गरेको छ ।
आज साँझ माओवादी केन्द्र नगर कमिटी उर्लाबारीले उर्लाबारी चौकमा दिपप्रज्वलन गरेको हो । नगरअध्यक्ष गजेन्द्र दंगालको सभापतित्वमा भएको उक्त कार्यक्रममा माओवादीका नेता पदम राई, तोर्ण श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका नेता मनोरथ भण्डारीले बोल्नुभयो । कार्यक्रममा बाइसिएलका अनुशासन विभागका केन्द्रीय सदस्य दिपक आले मगर, मोरङ जिल्ला संयोजक राजिब लिम्बूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिब पवन चौधरीले गर्नुभयो ।























