उर्लाबारी । मोरङको उर्लाबारीमा नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) नगर कमिटी उर्लाबारीले आज सो विरोध प्रदर्शन कार्यक्रम गरेको हो । राष्ट्रघाती एमसीसी– खारेज गर, देश बेच्न–पाईदैन, सम्पूर्ण राष्ट्रवादी नेपालीहरु–एक हांैलगायतका नारा लगाउँदै उर्लाबारी बजार परिक्रममा गरिएको थियो । उर्लाबारी चौकबाट सुरु भएको विरोध प्रदर्शन बरगाछी–पशुपति मार्ग हुँदै पुनः चौकमा आएर कोणसभामा परिणत भएको पार्टीका प्रचार विभाग प्रमुख कमल गौतमले जानकारी दिनुभयो ।
कोणसभामा पार्टीका प्रदेश कमिटी सदस्य एबं प्रभावशाली नेता बलबहादुर घिसिङले राष्ट्रघाती एमसीसीविरुद्ध देशभक्तहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो । उहाँले एमसीसीमार्फत अमेरिका नेपालीको छातीमा बुट बजार्न खोजेको भन्दै सबै नेपाली सचेत रहनु पर्ने बताउनुभयो ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता तोर्ण श्रेष्ठले एमसीसी नेपालको हितमा नभएको भन्दै त्यसलाई खारेज गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम नगरअध्यक्ष डिबी थापाको सभापत्विमा भएको थियो भने सञ्चालन मनोरथ भण्डारीले गर्नुभएको थियो । करिब ३ सय जनाको विरोध प्रदर्शनमा सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय