उर्लाबारी । नेपाली काँग्रेसका उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बूले जथाभावी उम्मेद्वारी घोषणा नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै सामाजिक सञ्जालमा उम्मेद्वारी घोषणा गर्ने होड चलेको बेला उनले पार्टीले आधिकारिक उम्मेद्वार घोषणा नगरी मनोमानी ढंगले उम्मेद्वारी घोषणा नगर्न निर्देशन दिनुभएको हो । आइतबार उर्लाबारी–५ मा नेपाली काँग्रेसको वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नगर सभापति लिम्बूले पार्टीले सबल, सक्षम व्यक्तिलाई उम्मेद्वार बनाउने बताउँदै अहिलेदेखि नै व्यक्तिगत रुपमा उम्मेद्वारी घोषणा गर्नु उपयुक्त नभएको बताउनुभयो । पार्टीको नीति, विधि, विधान अनुसार उम्मेद्वारको टुंगो लाग्ने भएकोले उम्मेद्वारी घोषणाभन्दा पनि निर्वाचन केन्द्रीत गतिविधिमा लाग्न उहाँले पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय