काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार २७९ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ४१७ एन्टिजेन परीक्षण गरिएकोमा ७४७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ११ लाख ११ हजार २१८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३१९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ४० हजार ९०२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७३९ जना रहेको छ ।
थप २ लाख १६ हजार ११८ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९०० जना पुगेको मन्त्रालयले जनाएको छ ।























