उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकालाई उज्यालो उर्लाबारी बनाउने संकल्पका साथ मेयर खड्ग फागो लागि पर्नुभएको छ ।
मेयर फागोले उज्यालो उर्लाबारी बनाउने संकल्प लिनुभएको थियो । सोही संकल्पअनुसार उर्लाबारी नगरपालिकाले प्रत्येक बर्ष उज्यालो उर्लाबारी अभियानमा बजेट विनियोजन गर्दै आएको छ । यसैक्रममा आजदेखि उर्लाबारी–३ को चन्दनेमा पनि सडक बत्ती बालिएको छ । थापाचौक देखि चन्दने जोड्ने सडकको २८ स्थानमा सडक बत्ती जडान गरिएको छ । सडक बत्तीको उद्घाटन मेयर फागोले गर्नुभयो । उर्लाबारी नगरपालिकाभरी नै उज्यालो अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो । उर्लाबारीलाई उज्यालो र सुरक्षित बनाउने हेतुले राजमार्गका १ सय १४ स्थानमा, उर्लाबारी–मधुमल्ला सडक, उर्लाबारी–इटहरा सडकसँगै अन्य शाखा सडकहरुमा पनि सडक बत्ति विस्तार भएको मेयर फागोले बताउनुभयो ।
सडक बत्ती उद्घाटन कार्यक्रममा वडाध्यक्ष गञ्जबहादुर कार्की, सदस्य सोमप्रसाद तिम्सीना लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बत्ती विस्तार समितिका संयोजक पूर्वजनप्रतिनिधि पारसमणि कुइकेलको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय