मोरङको उर्लाबारीमा स्थानीय तहको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी दुईदिने कार्यशाला मंगलबार सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रम एक नम्बर प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रदेश परिक्षण केन्द्रको आयोजनामा सञ्चालन भएको हो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका जनप्रतिनिधिको सहभागिता थियो । यस्तै नगरका विषयगत शाखा प्रमुख लगायत कर्मचारी को पनि सहभागिता थियो ।
स्थानीय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धिको कार्यशालाको सहजीकरण वन्दना भण्डारीले गर्नुभएको थियो । कार्याशाला उपलब्धिमूलक भएको उर्लाबारी नगरपालिकाको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय