काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अर्को बैठक फागुन ६ गते दिउसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी गराएका हुन् ।

प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको थियो । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गरेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गरेका छन् । एमालेका सांसदहरुले संसदीय मर्यादा कायम गर भन्ने जस्ता नारा लगाएका थिए ।

एमालेको बिरोधका वावजूद थारू आयोगको प्रतिवेदन पेश गरिएको छ भने तीन पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय