उर्लाबारी । सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन सडकमा उत्रिएको छ ।
आज माओवादी केन्द्रका भ्रातृ संगठन अखिल क्रान्तिकारी, वाइसीएल नेपाललगायत मोरङ पथरीमा एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रको हितमा नभएको भन्दै वाइसीएलका केन्द्रीय अनुशासन आयोगका सदस्य दिपक आले मगरले त्यसका विरुद्ध जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने चेतावनी दिनुभयो । वाईसिएलका प्रदेश नं. १ का सह–संयोजक खगेन्द्र सुवेदी, मोरङ संयोजक राजिब लिम्बू, अखिल क्रान्तिकारीका मोरङ संयोजक नगेन्द्र घिमिरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय