काठमाडौँ । बिहीबारदेखि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दल दर्ता खुला भएको छ ।

निर्वाचन आयोगले वुधबार एक सूचना जारी गरी स्थानीय तह चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

आयोगले दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय