उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले स्थानीय तहको निर्वाचन लक्षित गरेर संगठन विस्तार र जनभेटघाट कार्यक्रम थालेको छ ।
माओवादी उर्लाबारी नगर कमिटी अध्यक्ष गजेन्द्र दंगालसहितको टिमले टोलटोलमा भेटघाट तथा संगठन विस्तार अघि बढाएका हुन् । उर्लाबारी वडा नं. २ को बाङ्लाइती र लाल बस्तीमा टोल भेला गरेको छ । सो क्रममा टोल समितिसमेत गठन भएको वडा कमिटीका सचिब देबेन्द्र खड्काले जानकारी दिनुभयो । नगर उपाध्यक्ष खगेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो । नगर अध्यक्ष दंगालले हरेक वडामा टोल कमिटी गठन गर्न निर्देशन दिनुभएको छ ।























