काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ४३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार १३३ पीसीआर र एन्टिजेन विधिबाट ३ हजार ९५८ एन्टिजेन परीक्षण गरिएकोमा ४३७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख १३ हजार ५४४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४५४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ४८ हजार ७८४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ जना रहेको छ ।

थप १ लाख २४ हजार ८६७ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९१३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय