काठमाडौं । आज फागुन ७ गते, प्रजातन्त्र दिवस् । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ७२औँ प्रजातन्त्र दिवस मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष त्यसै दिन राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमासमेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ ।
फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना र विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । यी सबै परिवर्तनका जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रुपमा मनाउने गरिएको हो । आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ ।
स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू राणा शासकहरुको केही जोर चलेन्, जनताको बोलीका अगाडि बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो आजभन्दा ६९ वर्ष अघि, विसं २००७ साल फाल्गुन ७ अर्थात् आजकै दिन र त्यसको नाम थियो “प्रजातन्त्र” ।
राज्य ब्यवस्थाले नागरीकहरुबिच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो, स्वतन्त्र वि चरण अनि फरक मतको सम्मान लगायतका अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको स्तम्भहरु हुन् । प्रजातन्त्रमा नागरीकहरु स्वंयमले चुनेर पठाएका ब्यत्तिहरुले शासनव्यवस्था संचालन गर्ने गर्दछन्, यसअर्थमा जनताद्वारा जनताकालागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनेर बुझ्न सकिन्छ ।
टुँडिखेलमा नेपाली सेनाको विशेष प्रर्दशनका साथै राजनैतिक दलका नेताहरुको उपस्थिती अनि ब्यापक जनसाधरणको उपस्थितीमा प्रजातन्त्र दिवस मनाउने चलन केही वर्षयता भने खुम्चदै गएको छ । उतिबेला आएको प्रजातन्त्र नेपालीहरुको पोल्टाबाट फेरि विसं २०१७ मा खोसिएको इतिहास जिवितै छ ।
क्रमशः ब्यापक धाँधलीकाबिच भएको ३६ सालको जनमतसंग्रह सहित विभिन्न कालखण्डमा भएका नागरीकको आवाज दबाउने श्रृंखलाहरुको अन्त्य भने विसं २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो । क्रमशः विभिन्न चरणका आन्दोलन, सशस्त्र द्वन्दकाल हुँदै ६२ अनि ६३ सालको आन्दोलनसँगै नेपाल आज संघीय गणतान्त्रीक देश भईसकेको छ ।
शायद आज यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो । यहाँ आन्दोलनको मर्महरुलाई शाषकहरुले कत्तिको ध्यान दिन सकेका छन् त ? जनलहरको उद्देश्य साँच्चै संवोधन गरिएको छ त ?
विश्वले विकासको मूलधारलाई आफ्नो पराक्रमले प्राप्त गर्दासम्म नेपालीहरु अझै पनि हात मुख जोर्नकालागी नै घर परिवार माया मार्दै झोला बोकेर प्रतिदिन १५०० को सख्याँमा विदेश गएको देख्दा नेपथ्यवाट प्रजातन्त्रको असहाय आवाज सुनिन्छ । बोल्न पाउने, आन्दोलन गर्न पाउने, लड्न पाउने तर गरिखान नपाउने यो कस्तो अपुरो प्रजातन्त्र ?
दूरदराजमा भएको नेपालीको मुलधारका सेवा अनि सुचना सँगको न्यून पहुँच लगायत दुई वर्ष हुँदा पनि वनाईन नसकेका भुईचालो पिडितका चुहिने दलिनहरुले अट्टाहसका साथ प्रजातन्त्रको वयान दिईरहेका छन् । दिनदिनै सर्दै आएका सिमास्तम्भहरु, परधीनपनामा भएका वृद्धि अनि खिया लागेका हलो अनि कोदालाका फालीहरुले परदेशीहरुलाई सझंना गरिरहेको छ ।
यो प्रजातन्त्रले सहि प्रयोग गर्न सक्ने हातहरु पाओस्, गरिखान पाओस अनि नेपालीहरुको पिडा यो प्रजातन्त्रले कम गरोस् । नेपाली हुनुको एकमात्र पहिचान अनि राष्ट्रियताको डोर भित्रको मिठो, समान अनि प्रगतीशिल प्रजातन्त्रको अनुभव गर्न पाईयोस ।























