काठमाडौँ । सरकारले एमसीसी संसदमा पेश गर्ने भएपछि त्यसको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनमा तनाव भएको छ ।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेपछि तनाव उत्पन्न भएको हो ।
प्रहरीले लगाएको घेरा तोडेपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो ।
प्रहरीले पानीको फोहोरा हानेको छ भने केही प्रदर्शनकारीहरुलाई नियन्त्रण समेत गरेको छ ।
सरकारले आजकै संसद बैठकमा एमसीसी टेबल गर्ने भएको छ ।























