उर्लाबारी । झट्ट हेर्दा साधारण देखिने तर अधिकांश जिवित जीवहरुका लागी अत्यन्तै महत्वपूर्ण रहेको पानीका बारेमा हामी सवै जानकार नै छौँ । त्यसमा पनि मानव जीवन बाँच्नका लागि “पानी नै जिन्दगानी” सावित भएको छ ।
हरेक मान्छे आफ्नो जीवन कालमा निरोगी र स्वस्थ्य भएर बाँच्न चाहन्छ यो उसको नैर्सगिक अधिकार पनि हो । मानव जीवनमा देखिने करिब ७० प्रतिशत रोग पानीकै कारणबाट हुने गर्दछ । जस्लाई विश्व स्वास्थ्य संगठनले समेत पुष्टि गरिसेको छ । तर, हाम्रो दैनिक जीवनमा प्रयोग गर्न जोडिएको धारामा खानेपानीको सट्टा लेदो आउने गरेपछि मोरङ उर्लाबारीका बासीन्दाहरु खानेपानीकै कारण विभिन्न खाले रोगको सिकार हुने प्रवल सम्भावना देखीएको छ ।
मोरङ्ग उर्लावारी–३ स्थित मंगलवारे खानेपानी संस्थाको धाराबाट पानीको सट्टा लेदो आएको भन्दै उपभोक्ता पर्शुराम बस्नेतले बताउनुभएको छ । उर्लाबारी नगरपालिका वडा नम्वर २,३ र ४ मा गरी ५ सय भन्दा बढी उपभोक्ता रहेको मंगलबारे खानेपानी सस्थाकोे धाराबाट आउने पानी मानवीय प्रयोजनका लागि उपयुक्त नभएको पाइएको छ ।
२०६२ सालदेखि स्थापना भई २०७२ साल देखि उपभोत्तामा पानी विरण गर्दै आएको यस संस्थाले हाल अहिलेसम्म शुद्घ पानी वितरण गर्न सकेको छैन । खान, नुहाउन, कपडा धुन गर्न समेत नहुने र सामान्य तया वारीमा पटाउन मात्रै प्रयोजन हँुदै आएको स्थानिय उपभोक्ताहरुको भनाई छ । हरेक समय सामान्य पानी आउने भएपनि ३÷४ दिनको अन्तरमा धाराबाट प्रयोग गर्नै नमिल्ने लेदो सरह आउने गरको स्थनीय उपभोक्ताहरुको गुनासो छ । धाराको पानीमा शुद्घता नभएपछि परिक्षण गराउँदा समेत मानविय प्रयोजनका लागि उपयुक्त नभएको रिपोर्ट आएको उर्लाबारी खानेपानी सस्थाका व्यावस्थापक राज बुढाथोकी बताउनुहुन्छ । धमिलो पानीले आउ, हैजा, झाडापखाला लाग्ने, बढि आईरनले कपडा,भाँडा बर्तन पहेंला हुने, क्लोरिन नहालेको पानीमा जिवाणुहरु हुने विज्ञहरु बताउँछन् ।
विगत ७ बर्ष देखि वितरण गरिएको खानेपानीको उपमा दिईएको पानी खानेहरुमा वारम्वार झाडा पखाला लाग्ने, आउँ पर्ने, नुहाउदा शरिर चिलाउने, घाउ खटिरा आउने, छालाका विभिन्न समस्याहरु देखा पर्ने गरेका छन् । यता खानेपानी सस्थाका अध्यक्ष मुक्ति न्यौपाने भने सडक मर्मतका क्रममा खानेपानीको पाईपमा असर पर्दा कुनै–कुनै स्थानमा जडान भएका खानेपानीका धारामा धमिलो पानी गएको बताउनुहुन्छ ।
असुरक्षित पिउने पानीकै कारण विश्वमा हरेक बर्ष झण्डै ८ लाख २९ हजार मानिसको मृत्यु हुने गरेको छ । सन् २०२० मा विश्वव्यापीे जनसंख्याको ७४ प्रतिशतले शुद्घ खाने पानी प्रयोग गर्दै आईरहेको तथ्यांक सार्वजनिक भई रहेको वेला मोरङ्गको सर्वसुलभ ठाउँ भनेर चिनिने उर्लावारीका बासिन्दाको पिडा कुनै विकट ठाउ“को भन्दा कम छैन् । मंगलबारे खानेपानीको यो समस्या समाधान तर्फ बेलैमा स्थानिय सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय