मोरङ, मोरङको विराटनगर महानगरपालिका–१४ मा हिजो बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानिया रहेका छन् । ठक्करबाट गम्भिर घाइते भएका बानियाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  ना ६ ख १८३४ नम्बरको ट्याङ्करले हिजो बेलुका सवा ८ बजे बानियालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न ट्याङ्कर सहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय