उर्लाबारी । लेदो पानी वितरण गरेर विवादमा परेको मंगलबारे खानेपानी आयोजनालाई महशुल नउठाउन उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष भीष्म बुढाथोकीले निर्देशन दिनुभएको छ ।
खानेपानी आयोजनालाई तत्काल कुनै पनि उपभोक्ताबाट महशुल नउठाउन निर्देशन दिइएको वडाध्क्ष बुढाथोकीले जानकराी दिनुभएको हो । उहाँका अनुसार खानेपानीमा पानीमा क्लोरिन कम देखिएको, आयोडिनको मात्रा धेरै भएको र धमिलो भएकाले महसुल नउठाउन निर्देशन दिएको छ । उहाँले खानेपानी आयोजनाले वितरण गरेको पानी पिउन योग्य नभएसम्म महसुल नउठाउन निर्देशन दिइएको बताउनुभयो । विशेषज्ञहरुसँगको राय,सल्लाह सुझाव र पानीको परीक्षण गरेर मात्रै थप निर्णय लिइने उहाँको भनाई छ । धमिलो पानी उपभोक्ताहरुलाई वितरण गरेको विषयमा नगरपालिकाले छानबिन गर्ने र दोषी पाइए कार्वाही गर्ने उहाँले जानकारी दिनुभयो ।























