बिराटनगर,अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा अनैतिक र आचरण बिपरीत कार्य गर्नेलाई क्षम्य नहुने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बताउनु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो । यसका साथै धेरै भन्दा धेरै स्थानमा चेकप्वाईन्ट राखी चेकजाँच गरेमा सवारी दुर्घटनालाई न्युनिकरण गर्न सकिने हुँदा सोही अनुसार गर्न समेत वहाँले निर्देशन दिनु भयो । यसैगरी प्रदेश प्रहरी प्रमुख गिरीले आजै नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीको समेत निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रमममा उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुँहुँदै कार्यरत कर्मचारीहरुको गुनासो तत्काल सम्बोधन गर्ने र बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई आत्मसात गर्दे कार्य गर्न निर्देशन दिनु भयो । सम्बोधनकै क्रममा वहाँले बिपद ब्यबस्थापनमा गणको उल्लेखनिय भुमिका हुने हुँदा २४ सै घण्टा तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो । साथै उक्त गणका दैबि प्रकोप उद्धार टोलीले बिपदको समयमा के कसरी उद्धार कार्य गर्न सकिन्छ भन्ने सम्बन्धमा Demonstration समेत प्रदर्शन गरेका थिए ।























