टाँडी । मोरङको मिक्लाजुङमा क्याम्पस तथा प्राविधिक शिक्षालय सञ्चालन गर्ने तयारी थालिएको छ ।
बुधबार मिक्लाजुङ गाउँपालिकाको आयोजनमा मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको भगवति माबिको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रम गरी क्याम्पस तथा प्राविधिक शिक्षालय सञ्चालन गर्ने तयारी थालेको हो । यसै शैक्षिक सत्रबाट त्रिभुवन विश्व विद्यालयलको सम्बन्धन लिई व्यवस्थापन संकाय तर्फ बिबिएसको कक्षा सञ्चालन गर्नका लागि पहल गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले जानकारी दिनुभयो । यस्तै मिक्लाजुङ गाउँपालिकामा क्याम्पस सञ्चालनका लागि मिति २०७४ कार्तिक १२ गते गठन भएको क्याम्पस सञ्चालन तदर्थ समितिको संयोजकमा बबीकुमार राई रहने गरी बाँकी पुरानै समितिहरुलाई निरन्तरता दिएर क्याम्पस सञ्चालनको कार्यलाई अगाडी बढाउने निर्णय भएको छ । यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीसंगको साझेदारीमा आगामी शैक्षिक सत्र २०८० बाट सञ्चालन गर्ने गरी तीन बर्षे डिप्लोमा तहका कक्षाहरु सञ्चालनका लागि बहुप्राविधीक शिक्षालय सञ्चालन गर्न मिक्लाजुङ गाउँपालिकाले आवह्यक पहल गर्ने निर्णय गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष बबीकुमार राई, उपाध्यक्ष दिनेश पौडेल, प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद पौडेल, शिक्षाप्रेमी, बुद्धिजिबी, ९ वटै वडाका वडाध्यक्षहरु, मिक्लाजुङका राजनैतिक दलका प्रमुखलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मिक्लाजुङ गाउँपालिका शिक्षा शाखा अधिकृत काशिनाथ खनालले गर्नुभएको थियो भने सभापत्वि गाउँपालिका अध्यक्ष बबीकुमार राईले गर्नुभएको थियो ।























