काठमाडौं । काठमाडौंमा चितुवाले आतंक मच्चाएको छ । उक्त आक्रमणमा परेर पाँच जना घाइते भएका छन् ।
बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा चितुवा घरमा पसेको थियो ।
चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जानकारी गराएको छ ।























