उर्लाबारी । पुष्पा भुसाल नेपाली कांग्रेसकी समानुपातिक सांसद भुसाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । उहाँ २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित भएकी थिइन् । ०५६को संसदीय निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित भएकी थिइन् ।

उनले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । साथै १७ वर्ष उनले वकालतसमेत गरिन् । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन भुसालले गरेकी छिन् । उनी नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य भइसकेकी छिन् । ६१ वर्षीया भुसालकी एक छोरी छिन् ।
भुसालका बाबु काशीनाथ गौतम २०१५ सालमा बिपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री भएका थिए । २०१७ सालमा निर्वाचित सरकार अपदस्त गरी पञ्चायती व्यवस्था सुरु भएपछि १४ वर्ष भुसाल परिवार भारत निर्वासित भएको थियो । सो क्रममा भुसाल पनि सँगै थिइन् । भुसालले २०२८ सालपछि राजनीतिमा लागेकी थिइन् । उनले पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव भएर काम गरेसकेकी छिन् ।

भुसाल २०७४ सालमा भएको उपसभामुखको निर्वाचनमा भने पराजित भएकी थिइन् । एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग भुसाल पराजित भएकी थिइन् । तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत मात्रै ल्याएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय