उर्लाबारी । नेकपा एमालेले अर्थ तथा योजना समितिको सदस्यमा गभर्नर महाप्रसाद अधिकारी राखेको भन्दै तीब्र विरोध भयो । खोटाङका एम अधिकारीको खोजी तीब्र बन्यो । तर, खोटाङमा कोही नभेटिएपछि विराटनगरका मनोज अधिकारीलाई एम अधिकारीको रुपमा एमालेले सार्वजनिक गर्न तयारी गरिरहेको बेला तीनै ब्यक्तिले सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त जिम्मेवारी लिन असमर्थ रहेको बताउनुभएको छ । एक्यानको प्रदेश अध्यक्ष समेत रहनु भएका अधिकारी नेकपा एमालेका कार्यकर्ता हुनुहुन्छ ।

एमालेले चार्टड एकाउन्टेन्ट मनोज अधिकारी एम अधिकारी भएको दावी गरेको थियो । विराटनगरमा चार्टड एकाउन्टेन्ट रहेका अधिकारीले आफू एमालेको सक्रिय सदस्य रहेको स्वीकार गर्दै पार्टीले महत्वपूर्ण जिम्मेवारी दिने कुरा भने चलिरहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा गरिएको पोष्टमा भनिएको छ ‘केहि दिन अगाडि पार्टीको अर्थ तथा योजना समितिमा तपाइँलाई मनोनयन गरियो भन्ने कुरा पार्टीका जिम्मेवार व्यक्तित्वहरुबाट मौखिक रुपमा जानकारी पाएको र अहिलेको कार्य व्यस्तताले गर्दा सो को यथार्थ यकिन गर्न असमर्थ रहेको थिएँ ।

हाल उक्त समितिको नाम गभर्नर महाप्रसाद अधिकारीज्यूसँग मिल्दो जुल्दो भएकोले उक्त समितिमा म नै मनोनित भएको हो या हैन भनी हालसम्म यकिन छैन र मनोनित नै भएको हो भने पनि हालको असामान्य परिस्थिति तथा मेरो व्यक्तिगत कारणले म उक्त पद धारण गर्न असमर्थ रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु ।’ उहाँले आफू असार मसान्तमा पेशागत जिम्मेवारीका कारण सामाजिक सञ्जालबाट टाढा रहेको समेत फेसबुकमा पोष्ट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय