उर्लाबारी । रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंहले स्वच्छ र सफा रतुवामाई बनाउन सबै नगरबासी जुट्नु पर्ने बताउनुभएको छ ।
रतुवामाई नगरपालिकाले आजदेखि नगरका सबै वार्डमा सरसफाई कार्यक्रम थालनी गर्दै मेयर सिंहले सो कुरा बताउनुभएको हो । उहाँले नगर सफा बनाउन सबै हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभएको छ । उहाँले अब हरेक वार्डले आफैं आफ्नो वार्डको सरसफाई गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘ हामी मेयर,उपमेयर,अधिकृत र वडाध्यक्षहरू आएर वडा नम्बर ४ को झुर्किया बजारमा सरसफाई गर्न सुरूवात गरिदिएका छांै,भोलिका दिनमा वार्डको सरसफाई आफैं गरेको देख्नुपरोस् ।’ सधैभरी अर्काको आश गर्न नहुने र वार्डलाई सफा राख्न वडाबासीहरू नै जुट्नु पर्ने उहाँले बताउनुभयो । सरसफाई कार्यक्रम स्वास्थ्यसँग जोडिएकाले वार्डको सरसफाई कडाईका साथ गर्न वडाध्यक्षहरूलाई आग्रह गर्नुभयो । पहिलो दिन वडा नं. ४ झुर्किया बजारबाट सरसफाई कार्यक्रम शुरू गरेको छ । रतुवामाई नगरपालिकाका मेयर सिंह, उपमेयर दयन्तादेवी चुडाल, प्रमुख प्रशाकिय अधिकृत दिनानाथ लम्साल, वडाध्यक्ष, प्रहरीसहित झुर्किया बजारमा सरसफाई गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय