उर्लाबारी । शुक्रबार सूचना जारी गर्दै उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष एबं प्रवक्ता भीष्मराज बुढाथोकीले श्रमदानका लागि आब्हान गर्नुभयो ।
शनिबार विहान ७ बजे उर्लाबारी–३ को सिमल डाँडा स्थित तेली खोलामा तटबन्ध गर्न श्रमदान गर्न वडाध्यक्ष बुढाथोकीले आब्हान गर्नुभएको थियो । उहाँको आब्हान स्वीकार गर्दै युवाहरुको ठूलो तटबन्ध गर्नका लागि तेली खोला पुग्यो । विहान ७ बजेदेखि नै प्रचण्ड घाम थियो । तर, त्यसको कुनै प्रवाह नगरी वडाध्यक्ष बुढाथोकीसँगै युवा, महिलालगायत सबै हातेमालो गर्दै तटबन्धमा जुटे । वडाध्यक्ष बुढाथोकी तटबन्ध कार्यमा सुरुदेखि अन्तिम समयसम्म स्थानीबासीहरुसँगै ढुंगा बोक्नेदेखि तारजाली मिलाउनसम्म खटिनुभएको थियो । श्रमदान स्थलमा केही काम देखाउन पनि पुगे । दुई चार वटा ढुंगा बोकेर कुले हाने । तर, वडाध्यक्ष बुढाथोकी वडाबासीको साथमा साथ मिलाउँदै तटबन्धमा जुटिरहनुभयो ।
वडाबासी भन्दै थिए, जनप्रतिनिधि होस् त भीष्म जस्तो । वडाको विकासमा वडाबासीहरुको पनि उत्तिकै चासो र सहभागीता रहनु पर्ने वडाध्यक्ष बुढाथोकीको भनाई छ । जनताको सेवा गर्न जनप्रतिनिधिको रुपमा आफु निर्वाचित भएकाले हरेक पल जनताको समस्या समाधानमा अग्रमोर्चामा रहेर खटिने उहाँले प्रण गर्नुभयो । हरेक महिना वडाले आब्हान गरेर वडाको विकास निर्माणको श्रमदान कार्यक्रम अघि सारिएको पनि उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय