उर्लाबारी । सडक डिभिजन कार्यालय बिराटनगरले उर्लाबारी नगरपालिका क्षेत्रभित्रका राजमार्गमा भएका खाल्डाखुल्डी मर्मत सुरु गरेको छ ।
नगरभित्र राजमार्गमा ठुला–ठुला खाल्डा पर्दा दुर्घटनाको जोखिम रहेको बढेपछि सडक डिभिजन कार्यालयले चासो दिएको हो । यसअघि उर्लाबारी नगरपालिका आफैँले तत्कालका लागि खाल्डा पुरेपनि बालुवामा पानी खन्याए जस्तो मात्रै भएको थियो । शनिवार सुरु भएको खाल्डाखुल्डी पुर्ने काम १ हप्ता भित्रमा सम्पन्न हुने कार्यालयले जनाएको छ ।























