विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम स्थगनको निर्णय गरेको छ । बिमा सेवा दिएबापत साउन १ गतेसम्म ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाएको भन्दै अस्पताल प्रशासनले साउन १ गते राती १२ बजेबाट लागू हुनेगरि कार्यक्रम अनिश्चितकाको लागि स्थगित गर्ने भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालले स्वास्थ्य बिमा बोर्डलाई पटक पटक रकम निकासाका लागि अनुरोध गर्दा पनि चासो नदेखाएपछि स्वास्थ्य बिमा मार्फतको सेवा नै ठप्प पार्ने निर्णयमा पुगेको बताए । ‘रकम अभावका कारण औषधि खरिदमा समस्या देखा पर्‍यो,’ उनले भने, ‘अस्पताल थप आर्थिक भार थाम्न नसक्ने स्थितिमा पुगिसकेको छ ।’ यहाँ दैनिक ओपिडीमा १ हजार ९ सय बिरामीले सेवा लिने गरेका छन् । त्यसमध्ये दैनिक ६० प्रतिशत भन्दा बढी बिरामी स्वास्थ्य बिमा आउने गरेका प्रबन्धक दाहालले बताए ।

भुक्तानी नपाएर सेवा ठप्प भएको यो पहिलो घटना होइन । ०७८ मंसिरमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि बिमा कार्यक्रम स्थगित गरेको थियो । त्यति बेला अस्पताल प्रशासनले मेडिकल उपकरण खरिद, शल्यक्रियाका लागि आवश्यक सामग्री र ल्याबका लागि चाहिने रिएजेन्ट खरिद गर्न समस्या भएको भन्दै सेवा रोकेको थियो । प्रतिष्ठानले कार्यक्रमअन्तर्गत करिब ७ सय बिरामीको उपचार खर्च बेहोर्दै आइरहेको थियो ।

सरकारले ०७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ । प्रतिपरिवार ९५ जनासम्म० ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ । अधिकतम सेवा सुविधाको सीमा २ लाख ९१० जनाको परिवार सदस्य० सम्म रहेको छ । यो आर्थिक वर्ष स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय