काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८२८ जनामा पिसिआर परिक्षण गर्दा २६८ जना र १५०० जनामा एन्टीजेन परिक्षण गर्दा ८९ जना गरी जम्मा ३३२८* नमुनाको परीक्षण गर्दा ३५७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै र घट्दै उतार-चढाव हुने गरेको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण घटेको हो । हिजो देशभर ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६८ हजार १२६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय