उर्लाबारी । केहि दिन यता उर्लाबारीमा चोरीका घटना बढ्न थालेका छन् । गाउँघरमा चोरीका घटना बढ्न थालेपछि स्थानीयमा त्रास छाएको छ ।
केही दिनअघि उर्लाबारी वडा नं. ७ नमूना चौकमा साइकल चोरी भयो । गाउँमा सुगुरका पाठादेखि खशी बाख्रासमेत चोरी हुन थालेको छ । यसैक्रममा हिजो राती उर्लाबारी–७ को राम होटलबाट नगद २० हजारसहित फुट्री, चाउचाउ चोरी भएको छ ।गाउँघरमा हुदैआएको दुले चोरको विगविगी बढ्न थालेपछि स्थानीयले प्रहरी प्रशासनसंग सुरक्षाको माग गरेका छन् । गाउँघरमा हुने चोरीलगायतका अपराधिक कार्य नियन्त्रण गर्न रात्रीकालिन गस्ती बढाउनु पर्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय