उर्लाबारी । सडक डिभिजन कार्यालय बिराटनगरले उर्लाबारी नगरपालिका क्षेत्रभित्रका राजमार्गमा भएका खाल्डाखुल्डी टाल्न सुरु गरेको छ ।
नगरभित्र राजमार्गमा ठुला–ठुला खाल्डा पर्दा दुर्घटनाको जोखिम बढेपछि सडक डिभिजन कार्यालयले चासो दिएको हो । स्थानीयबासी तथा विभिन्न सञ्चारमाध्यमहरुले पटक पटक खबरदारी गरेपछि सडक डिभिजन कार्यालयले आजदेखि मर्मत कार्य थालेको छ । यसअघि उर्लाबारी नगरपालिका आफैँले तत्कालका लागि खाल्डामा गिट्टी हालेर पुरेपनि दुई दिनमै जस्ताको त्यस्तै भएको थियो । े खाल्डाखुल्डी पुर्ने काम १ हप्ता भित्रमा सम्पन्न हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय