उर्लाबारी । उर्लाबारी नगरपालिका सवारी चालक बसन्त पौडेल र इन्द्र आपागाई नगरको हरेक काममा अग्रमोर्चामा रहेर खटिने गरेका छन् ।
आज राति ११ बजे उर्लाबारी वडा नं. ९ मा पौडेल, आपागाईसहित कृष्ण भण्डारी र लालबहादुर तामाङ डेंगु रोग नियन्त्रणका लागि लामखुट्टे भगाउने औषधी छिट्दै गरेको अवस्थामा भेटिए । नगरपालिकाले हिजोदेखि उर्लाबारी–९ बाट औषधी छिट्न थालेको छ । उनीहरुको हिजो पनि रातको २ बजेसम्म उर्लाबारी–९ मै औषधि छिट्दै थिए । आज रातिसम्म उर्लाबारी–९ मा औषधि छिट्ने काम सक्ने गरी उनीहरु खटिरहेका छन् । कोरोनाको बेला औषधि छिट्न होस् वा राहत बाँड्न किन नहोस्, उनीहरु सधै अग्रमोर्चामा रहेर नगरको हितमा काम गर्ने कर्मचारी हुन् । सवारी साधन कुदाउने काममात्र होइन हरेक काममा उनीहरु सक्रिय पूर्वक खटिने गर्छन् । वडा नं. ९ बाट क्रमशः ८, ७ हुँदै वडा नं. १ सम्म नै औषधी छिट्ने जनाइएको छ ।























