उर्लाबारी । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुन मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्ने चर्चा चलेको छ ।
२०७० को संविधानसभा निर्वाचन नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बूसँग पराजित हुनुभएका पुन यस पटक सोही क्षेत्रबाट उठ्ने चर्चा चलेको हो ।
प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले यस क्षेत्रको विकासमा भूमिका खेल्न नसकेको भन्दै यस पटक प्रभावशाली नेतालाई उम्मेद्वार बनाउनु पर्ने पक्षमा जनमत देखिन्छ । २०७० सालमा पुनले हार्नु दुर्भाग्य भएको र विकासमा मोरङ क्षेत्र नं. १ पछि परेको धेरैको बुझाई छ । यस पटक नेकपा एमालेबाट वर्तमान सांसद घनश्याम खतिवडा र नेता गुरु बरालको नाम चर्चामा छ भने कांग्रेसमा डिगबहादुर लिम्बू र खड्ग फागोको नाममा चर्चामा आइरहेको छ ।























