उर्लाबारी । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप असत्य प्रमाणित हुँदै गएको छ ।

उक्त घटना छानविन गर्न गठित संसदीय समितिले फुटेजको अध्ययन सकेको छ । तर, हालसम्म शर्मा दोषी देखिने कुनै प्रमाण फेला परेको छैन । गत असार १४ जेठ राति बजेट निर्माण गर्दा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करको दर हेरफेर गरेको विषयमा छानविन गर्न गठित संसदीय विषेश छानविन समितिले प्रतिवेदन बुझाएपछि पुनः अर्थमन्त्री शर्मा नै बन्ने छन् । अर्थमन्त्रालयमा रहेको सीसीटीभी फुटेज डिलिट भएको भन्दै प्रहरीको फरेन्सिक ल्यावमा पठाएर रिकभर गराइएको थियो । तर, रिकभर भएको सीसीटीभीमा अर्को व्यक्ति मन्त्रालय छिरेको प्रमाण नभेटिएको समितिका एक सदस्यले बताएका छन् । समितिले मंगलबार (१० साउन) मा प्रहरीले दिएको फरेन्सिक ल्यावको रिपोर्ट सहितको फुटेज हेरेको थियो । सुरुमा समितिका सदस्यले मात्र हेरेको रिपोर्ट नबुझेपछि प्रहरीकै फरेन्सिक विज्ञ बोलाएर दिउँसो हेरिएको थियो । ‘फरेन्सिक रिपोर्टबाट अर्थमन्त्रीले नयाँ व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको देखिएन,’ एक समिति सदस्यले भने,’ हामीले जेठ १४ र १५ गते दुबै दिनको फुटेज हे¥यौं ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय