उर्लाबारी । मानबहादुर श्रेष्ठ पूर्वी मोरङमा परिचित नाम हो । विकास निर्माण होस् वा सामाजिक कार्यमा उहाँ अग्रपंक्तिमै उभिने गर्नुहुन्छ ।
उर्लाबारी वडा नं. ७ निवासी श्रेष्ठ नेकपा एकीकृत समाजवादीको प्रदेश स्तरीय नेता पनि हुनुहुन्छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वारसमेत बन्नु भएका श्रेष्ठ हक्की स्वभावको हुनुहुन्छ ।

मेयरमा पराजित भएपनि उहाँ निरन्तर जनताकै काममा खटिरहनुभएको छ । कहिले पुल त कहिले सडक, डे«न निर्माणको अवलोकन गरी स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काममै लागि पर्नुभएको छ । उर्लाबारी–रमिते सडकको डे«न गुणस्तरहिन भएको भन्दै सम्बन्धित निकायलाई झक्झकाउनु भएको छ । उर्लाबारी वडा नं. १ को नुनसरी आधारभूत विद्यालयको बेहाल होस् वा उर्लाबारी–७ को मावा खोला तटबन्ध नै किन नहोस्, जहाँ समस्या हुन्छ, त्यहाँ उहाँ पुगिहाल्नु हुन्छ । सम्बन्धित निकायलाई समस्या बारे जानकारी गराएर त्यसलाई चाँडो मर्मतका लागि पहल गराउन सक्रियपूर्वक उहाँ लागि पर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय