उर्लाबारी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको सर्दु खोला किनारमा विरुवा रोप्ने कार्यक्रममा पुग्नुभयो । शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु त्यहाँ विरुवा रोप्न पुगेका थिए । उनीहरुलाई साथ दिँदै धरानका धेरै युवा पनि वृक्षारोपणमा सहभागी भए ।
मिस धरानका प्रतिस्पर्धीलाई ‘आजदेखि उप्रान्त म के प्रेरणा दिन्छु भने भन्दै एउटा गीत सुनाउन थाले र सुनाउँदा सुनाउँदै मेयर साम्पाङ भावुक बन्नुभयो ।
‘म देश सोच्न सकुँ
म देश बोल्न सकुँ
म देशकै निम्ति ।’ यति भन्दै मेयर साम्पाङ भक्कानिँदै रुन थाल्नुभयो ।
देशकै कर्म गर्न सकुँ
देशकै निम्ति मर्न सकुँ’ उहाँले रुँदै यसरी सुनाउनुभयो ।
‘सरी म भावुक बनेँ, म तपाईहरुलाई प्रेरणा दिन आएको आफैं भावुक बनेँ’ साम्पाङले भन्नुभयो, ‘खुशी लाग्छ मलाई आज देश विदेशबाट भेट्न आउनुभएको छ । म एउटा सानो मान्छे हुँ, तपाईहरुले मलाइ असाधारण ठान्दिनुभएको छ, दिस इज माइ ह्याप्पिनेस ।’ मेयर साम्पाङले आफू सामान्य मान्छेले धेरैको माया पाउँदा भावुक बनेको बताउनुभयो ।























