उर्लाबारी । प्रदेश १ प्रमुख पर्शुराम खापुङले पहिचान देशको एकता र राष्ट्रियतासँग जोडिएको बताउनुभएको छ ।
मोरङको उर्लाबारीमा आज नेपाल आदिबासी जनजाति महासंघ उर्लाबारी नगर समन्वय परिषद्को १४ औं साधारणसभा तथा चौथो अधिवेशन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष मणिलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सचिब नारायण् राईले गर्नुभएको थियो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको अध्यक्षमा शमशेर लिम्बू सर्वसम्मत चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षत्रयमा सूर्यबहादुर माझी, नारायण धिमाल र सुकुरमुनी बेस्रा, सचिवमा नारायण चाम्लिङ राई, सहसचिवत्रयमा महेशकुमार शाक्य, अञ्जु लिम्बू र सुशिला मगर तथा कोषाध्यक्षमा रिता तामाङ सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति संयोजक रुद्रबहादुर तामाङले बताउनुभयो ।
समितिको सदस्यहरुमा गणेशकुमार मगर, तारा श्रेष्ठ, डुक्चे भोटे, वविता दनुवार, कमल गुरुङ, मनिराज देवान राई, शीरमाया धिमाल, कविता याक्खा, भीमबहादुर माझी, वीरेन्द्र मार्डी, सीता भुजेल र गजेन्द्र तामाङ रहनुभएको छ । यस्तै, लेखा समिति संयोजकमा खगेन्द्रबहादुर भुजेल, सदस्यमा मनकुमारी राई र नरबहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय