उर्लाबारी । नेकपा एमालेकी केन्द्रीय सदस्य एबं धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारीले आफ्नो नाममा नक्कली फेशबुक बनाएर जातीय विद्वेश फैलाउने काम भएको बताउनुभएको छ ।
भण्डारीले सामाजिक सञ्जालमा फेसबुकमा मेरो फोटो राखेर फेक आईडी वनाएर समुदाय साथै पार्टीभित्रै जातीय विद्वेश फैलाउने हर्कत गरेको पाएको लेख्नुभएको हो । पार्टीका अन्य नेता कार्यकर्ताहरूको पनि नक्कली आईडी वनाएर थप भ्रम सिर्जना गर्ने काम भईरहेको उहाँले पोष्टमा उल्लेख गर्नुभएको छ । छद्म भेषमा यस्ता अपराधिक गतिविधिमा संलग्नहरूका यी र यस्ता खाले कृयाकलापबाट भ्रममा नपर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धन्यवाद मन्जु मेडम । तर, तपाईको यो अभिव्यक्तिले राई, लिम्बु, क्षेत्री, बाहुन भनेर धरानलाई भाँड्न खोजे पनि हाम्रो सामाजिक एकता तपाईले सोचे जस्तो कमजोर छैन भन्दै पोष्ट गर्नुभएको थियो । सो पोष्ट सँगै भण्डारीले फेक आइडी भनिएको फेशबुकमा लेखिएको पोष्ट राखिएको छ ।























