उर्लाबारी । नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।
मेयर साम्पाङले जातीय सद्भाव विथोलिने गरि आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिनसट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिएको बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गरेर भण्डारीले जानकारी दिनुभयो । मेयर साम्पाङले सम्प्रेषण गरेको स्क्रिनसट आफ्नो नभई फेक आइडि बनाएर गरेको कुकृत्य भएको उहाँको दाबी छ
जातीय द्वन्द्व निम्त्याउने किसिमको बिषयवस्तु राखेर फेक आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोष्ट गरेकोप्रति उहाँले आपत्ती जनाउनुभयो । बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि भण्डारीको आरोप छ ।























