उर्लाबारी । मोरङको उर्लाबारीमा वडाबाटै राष्ट्रिय परिचय पत्र विवरण संकलन सुरु भएको छ ।
इलाका प्रशासन कार्यालय उर्लाबारी–३ बाट मात्र राष्ट्रिय परिचय पत्र विवरण संकलन हुँदै आएको थियो । अब वडा वडामै राष्ट्रिय परिचय पत्र विवरण संकलन थालिएपछि सेवाग्राहीलाई सहजता भएको छ । आजबाट वडा नं. २, ६ र ७ को आजबाट विवरण संकलन सुरु भएको छ भने अन्य वडामा पनि केही दिनभित्रै सुरु हुने बताइएको छ ।























