उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नवनिर्मित ओपिडी भवन हस्तान्तरण गरिएको छ ।
आज उपभोक्ता समितिले अस्पताल सञ्चालक समितिलाई ओपिडी भवन हस्तान्तरण गरिएको हो । भवन निर्माणका लागि अस्पतालले स्थानीय कमल नारायण मल्लिकको संयोजकत्वमा २०७९ जेष्ठ ९ गतेको निर्णयअनुसार भवन निर्माणको जिम्मा दिएको थियो । प्रदेश नं. १ सरकारबाट विनियोजित एच.डी.यु. र अक्सिजन प्लान्टको लागि विनियोजित भएको १ करोड ५० लाख रकम मध्ये ७५ लाख रुपैयाँ ओपिडी भवन निर्माण, फर्निचर र मेसिनरी औजार उपकरण खरिद गर्नका लागि रकमान्तर गरी अस्पतालले मल्लिकको संयोजकत्वमा समिति निर्माण गरी भवन निर्माणको काम अगाडि बढाएको थियो ।
समितिले भवनको सम्पूर्ण काम सम्पन्न गरी आज अस्पताल संचालक समितिलाई भवनको चावी बुझाएको छ । एस.वाई. प्यानलको प्रयोग गरी बनाइएको नवनिर्मित भवनमा ८ वटा ओपिडी रुम र २ वटा शौचालय रहेका रहेका छन् । ६२ लाख १३ हजार १ सय ५७ रुपैयाँमा सम्झौता भएको थियो । नापी किताव अनुसारको रकममा ६१ लाख ८५ हजार ३ सय ४, करकट्टी रकममा ९२ हजार ७ सय ८०, भुत्तानी प्राप्तमा ६० लाख ९२ हजार ५ सय २४ रुपैयाँ रहेको समितिले जनाएको छ । देवेन सप्लायर्सबाट सामान खरिद विल भर्पाईमा ४७ लाख २२ हजार ७ सय ९९, निर्माण सामाग्री ढुवानी खर्चमा १ लाख, ढुंगा, गिट्टी, बालुवा, पुराई खर्चमा २ लाख ९९ हजार र मिस्त्री खर्चमा १० लाख ७५ हजार १ सय ६० रुपैयाँ भएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय