उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको फोहोर बक्राहा खोलामा बगाउने गरेको पाइएको छ ।
उर्लाबारी–४ मा पर्ने बक्राहा खोलामा उर्लाबारीबाट संकलित फोहोर बगाउने गरेको पाइएको हो । उर्लाबारी नगरपालिकाको साझेदारीमा जय श्री पाथिभरा इन्भाइरोमेन्ट केयरले फोहोर ब्यवस्थापन गर्दै आएको छ । तर, ठेकेदार कम्पनीले उर्लाबारीबाट संकलित फोहोर खोला बाढीमा बगाउने गरेको पाइएको छ । स्थानीयबासीले चर्को विरोध जनाएपनि सम्बन्धित निकाय उर्लाबारी नगरपालिकाले कुनै चासो दिएको छैन । खोलामा सिधै फोहोर बगाउने गरेका कारण बक्राहा घाटलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ । खोलामा फोहोर बगाएका कारण वातावरणमा पनि असर परेको जानकारहरु बताउँछन् ।
उर्लाबारीको बजार, पसल तथा घरबाट उठाएको फोहोर ठेकेदार कम्पनीले खोलामा ल्याएर फ्याँकेर व्यवस्थापन नगर्दा समस्या भएको उर्लाबारी–४ का स्थानीय टिकाप्रसाद भट्टराईले बताउनुभयो । ठेकेदार कम्पनीले खोलामा फोहोर फ्याँक्दा पनि उर्लाबारी नगरपालिका रमिते बनेको उहाँको भनाई छ । फोहोर खोलामा फाल्दा बिभिन्न किसिमका रोगहरू चपेटामा पर्ने र खोलाले बगाएर लगेको फोहोरले मानिसलाई हानिकारक हुने गरेको छ । यस बिषयमा उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले ठेकेदार कम्पनीले गल्ती गरेको भए कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । चाँडै स्थलगत निरीक्षण गरेर थप कदम चाल्ने उहाँको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय