उर्लाबारी । स्थानीय तहको निर्वाचनमा अन्र्तरघात गर्नेहरुलाई तुरन्त कारबाही गर्नुपर्नेमा नेपाली काँग्रेस उर्लाबारीले आज आयोजना गरेको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
काँग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान् कार्यक्रमका बक्ताहरुले अन्र्तरघात गर्नेलाई कारबाही नगरेसम्म पार्टी सुदृढ नहुने बताएका हुन् । काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले निर्वाचनमा अन्र्तरघात गर्ने जो सुकै भएपनि कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन घोषणा भएकाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने बताउनुभयो । पार्टीका प्रदेश सह महामन्त्री खड्ग फागोले पार्टीलाई अन्र्तरघात गर्नेलाई कारबाही नहुने हो भने पार्टी कहिल्यै सुदृढ नहुने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा अन्र्तघात गर्नेलाई प्रदेश र संघको निर्वाचनमा टिकट दिने हो भने काँग्रेसलाई जित्न कठिन हुने संकेत गर्नुभयो । पार्टीका प्रदेश सदस्य अर्जुन तुम्रोकले आफुलाई प्रदेश सदस्यको टिकट दिए साम दाम दण्ड भेद सबै प्रयोग गरेर भएपनि जितेरै छाड्ने उद्घोष गर्नुभयो । महाधिबेशन प्रतिनिधि सिता कार्कीले बागी उम्मेद्वारी दिनेलाई र अन्र्तरघात गर्नेलाई कारबाही गर्न ढिला भएकोमा गुनासो गर्नुभयो ।
जिल्ला सदस्य बिरवल थापाले पार्टीलाई आगामी दिन एकताबद्ध बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । स्थानीय तहको निर्वाचनमा अन्र्तरघात गर्नेलाई वडाबाट गरिएको सिफारिस अनुसार कारबाही तुरन्त गर्नुपर्ने बताउनुभयो । प्रदेश १ क सभापति तथा वडा अध्यक्ष नरबहादुर मोक्तानले उर्लाबारी नगरपालिकामा पार्टीभित्रकै अन्र्तरघातका कारण मेयर उपमेयरसहित बहुमत वडा गुमाउनु परेको बताउनुहुँदै पार्टी सुदृढिकरण अभियान चलाउनुपर्ने बताउनुभयो । वडा अध्यक्ष कल्याण राईले नगरपालिका र वडामा बहुमत नहुँदा काम गर्न समस्या भएको सुनाउनुभयो । नगर सभापति सुरेन्द्र लिम्बुले माथिल्लो कमिटीको निर्देशन अनुसार वडाको समिक्षा बैठकबाट आएका प्रतिवेदनहरु क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय कमिटीसम्म पठाएको बताउनुहुँदै त्यसको जवाफ तुरुन्त आउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय