बेलबारी । बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलाङ्गी विरुद्ध ‘जबरजस्ती करणी मुद्दा’ को उजुरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीमा शनिवार एक किशोरीले तोलाङ्गी विरुद्ध उजुरी दर्ता गरेकी हुन् ।
उर्लाबारी घर भएकी २४ वर्षीया किशोरीलाई श्रावण १८ गते केराबारी गाउँपालिकाको जेफाले लगी बलात्कार गरेको आरोप लगाएको छ । तोलाङ्गी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । उजुरी परेसँगै तोलाङ्गीको मोबाइल फोन अफ रहेको छ । अहिले तोलाङ्गीको खोजी कार्य भइरहेको र किशोरीको उजुरी अनुसार अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताउनुभयो ।
फसाउने खेल गरिएको प्रष्टिकरण
उर्लाबारी घर भई बिराटनगरको एक अस्पतालमा कार्यरत ती युवतीले तोलांगीलाई आफुलाई केराबारीको जेफालेमा लगेर १९ गते बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् । ति महिलाले आफुमाथि बलात्कार भएको भन्दै ईलाका प्रहरी कार्यालय बेलबारीमा शनिबार उजुरी दर्ता गराएको र पिडक भनिएका तोलांगीको खोजी भईरहेको प्रहरीले जनाएको छ । तोलांगी नेपाली काँग्रेसको तर्फबाट दलित कोटा मार्फत बेलबारी नगर कार्यपाकिला सदस्य नियुक्त भएका हुन् । बलात्कारको आरोपका सम्बन्धमा उनले आफुलाई फसाउने खेल भएको बेतना दैनिकसँग प्रतिक्रिया दिएका छन् । उजुरी गर्ने युवतीसँग करिब ७ बर्षदेखि प्रेम सम्बन्धमा आफु रहेको र बिवाह गर्ने तयारी समेत भईरहेकोमा राजीखुसी आफुहरु जेफाले पुगेको तर कसैले फसाउन युवतीलाई उक्साएको उनको आरोप छ । आफुहरु बषौंदेखि प्रेममा रहेको तर यो सम्बन्ध नरुचाउने हरुले यस्तो खेल खेलेको उनको आरोप छ ।























