उर्लाबारी । मोरङको उर्लाबारी–४ मा पर्ने बक्राहा खोलामा उर्लाबारीबाट संकलित फोहोर फ्याँक्ने गरेको पाइएपछि चर्को विरोध भयो । त्यसपछि उर्लाबारी नगरपालिकाले चासो पनि दियो । खोलाको फोहोर पनि उठ्न थालेको छ ।

उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको निर्देशनपछि ठेकेदारले खोलाको फोहोर उठाउन थालेको छन् । उर्लाबारी नगरपालिकाको साझेदारीमा जय श्री पाथिभरा इन्भाइरोमेन्ट केयरले फोहोर ब्यवस्थापनमा चरम लाहापवाही गरेको प्रष्ट छ । त्यसैकारण पनि ठेकेदार कम्पनीलाई कार्वाही गर्नु पर्ने स्थानीयको माग छ । फोहोरमैला व्यवस्थापन ऐन–२०६८ मा नदी, खोलासँगै सार्वजनिक स्थलमा फोहोर फ्याँक्न निषेध गरिएको छ । तर, सो कानुन उल्लंघन भएको छ । यस विषयमा उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले खोलाको फोहोर उठाउन निर्देशन दिएको र फोहोर उठ्ने क्रममा रहेको बताउनुभयो । ठेकेदार पक्षले खोलामा फोहोर नफ्याँकेको र बाढीले बगाएको जनाएपनि त्यसबारेमा नगरपालिकाले चासोको साथ हेरिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय